Beach and desert joy in land-locked nation Nepal

These clicks were captured on the bank of Saptakosi river (Nepal’s largest river and world’s biggest sand-carrying river) that originates from Tibet, China and ends into Ganges river of India. This area of Sripur Jabdi of southern Sunsari district of East Nepal belongs to ‘Nepal’s first Beach and Desert Safari Resort’ named New Beach and Desert Safari Resort pioneered by tourism entrepreneur Radhe Shyam Poudel . Photo credit goes out to famed journalist Yatri Shekhar.

Posted in Uncategorized | Leave a comment

स्वाभिमान

जुन दिन सगरमाथा चुचुरोमा
पैताला होइन आखाले आरोहण गर्छन
त्यै दिन नेपालको शिरमा स्वाभिमान मुस्कुराउने छ |

©बिराट अनुपम

Posted in Uncategorized | Leave a comment

शिभरात्रि, लिङ्ग पुजा र ल्यांगल्याङ्ग

1511386_1019463151426325_6292347190992771572_n
……………………………………..
कुनै फेस्मिनिस्टलाइ शिभलिङ्गले रेप गर्या छैन, कुनै गैर आस्थावान हिन्दुलाई कुनै सक्ति/समूहले लिङ्ग पुजामा जाकेको छैन | अनि गैर हिन्दुहरुलाई लिङ्ग पुजामा के को सरोकार | मित्रहरु लिङ्ग पुजा हाम्रो आस्था हो | धर्म हो | गर्छौ, त्यो हाम्रो संस्कार हो | तर हाम्रो संस्कारमा तिम्लाई टाउको दुखाइ किन ? के लिङ्ग फोहोर/अपवित्र/वाइयत चिज हो ? के तिमि आफ्ना कुनै अंग लाइ घिणा गर्छौ ? जसरि हामीलाई जिब्रो, हात, नाकको महत्व छ लिङ्ग र योनिको झन् महत्व छ | बाउको लिङ्गको विर्यले बनेर आमाको योनिमा प्रथम पटक अनुहार धसेर आएका हामी | अनि लिङ्ग पुजनको केमा बिरोध ? झन् भगवानको लिंगमा आस्था राख्ने मनमा केको प्रहार ? मित्र हरु सबै कुरा सुन्दर/कुरुप आफैमा हुन् | देख्नेले मलमुत्रलाइ ‘गुहु’ मात्रै देख्छ तर त्यै गुहुलाइ बायोग्याँस देख्ने अनि आफ्नु किचेन चलाउने आँखाहरुनी छन | फोहोरलाइ बुजिली देख्ने आँखा छन् | जहाँ सम्मको लिङ्ग पुजालाइ पुरुस हैकमको प्रश्न छ | शिब लिङ्ग एक्लै पुजित हुन्न | योनि सहितको प्याकेजमै पुजा गरिन्छ | लिङ्ग-योनि नै अस्तित्वका देखिने द्वार हुन् | त्यसैले बुजेर बोलौ |अचम्म त के छ भने यौनकार्यमा ‘लिङ्ग पुजन’ भन्दा मास्तिर उस्त्रने पश्चिमा धर्मी र स्वदेशका यौन पिपासु समेत ‘लिङ्ग पुजन’का कट्टर बिरोधि छन् |

Posted in Uncategorized | Leave a comment

My License

DSC08284.JPG

Posted in Uncategorized | Leave a comment

एउटा भर्जिन नेपालि गजल ……

 

क्षेत्री भनेर अनि बाहुन भनेर
आकाश झार्दैन अन्न खाउन भनेर

यहाँ ब्युँझनेहरु यस्तरी बोल्दैछन
देश्ले दबाइ ख्वायो निदाउन भनेर

सायद सिंहदरबार यस्तै सोची रहन्छ
भोक लाग्दा रास्ट्रगान गाउन भनेर

जन्ता सहन्छन दुखः सहि रहन्छन
दुखदिनेहरु नरिसाउन भनेर

–©बिराट अनुपम

Posted in Uncategorized | Leave a comment

शिशा

त्यहि एक निमेसको जम्काभेट पछि
मेरो घर शिशा भएको छ
जहाँबाट हेरे पनि तिमीलाई देखिन्छ

-©बिराट अनुपम

Posted in Uncategorized | Leave a comment

जुनकिरीको देश!

हमेसा जुनकिरीहरुलाई
उज्यालो मन पर्दैन
थाहा छ उनीहरुलाई
उनिहरुइको अखण्ड अस्तित्व
धमिलो धर्तीमा मात्रै संभब छ

मलाई संका यहाँ छ
कतै मेरो देश
जुन्किरिहरुको देश त भैरहेको छैन ?

-©बिराट अनुपम

Posted in Uncategorized | Leave a comment

कविता ………….

पुस्कर शाहा

सगरमाथाको सिरबाट
संसारका हरेक सहरहरुसम्म
तन्काउ एकपटक
सरिरका पाइताला
साइकलका पाइडल
झर्नेछ एउटा रेखाचित्र
त्यै रेखाचित्रबाट
उठ्नेछ एउटा संग्लो अनुहार
जसलाई …
विदेशबाट हेर्दा -नेपाल थाहा हुन्छ
देसबाट हेर्दा – पुस्कर शाहा हुन्छ |

-©बिराट अनुपम

Posted in Uncategorized | Leave a comment

http://alagabhiyan.com/2015/11/23/%E0%A4%85%E0%A4%82%E0%A4%95%E0%A4%97%E0%A4%A3%E0%A4%BF%E0%A4%A4-%E0%A4%86%E0%A4%96%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%A8/

बिराट अनुपम

दिल र दुखः आमनेसामने भएपछि
आउँदोरहेछ अङ्कगणित
जस्तो कि
दिलमा अन्तिम पटक
कहिले प्रेम पुगेथ्यो
प्रेमले कतिपटक
प्रेम जस्तै अनुहार देखाएको थियो ?

देश र दुख: आमनेसामने हुँदापनि
आइदिँदो रहेछ अङ्कगणित
जस्तो कि
गणितका नगन्य ज्ञाताहरु
र विद्वान् विश्वविद्यालयहरु हुँदाहुँदै
देशले औँला भाँच्दो रहेछ
गन्दै सिमानामा बसेर
कति ट्याङ्कर तेल भित्रियो
कति बुलेट ग्याँस आइपुग्यो
अथवा
बन्दुकको नालले निलेपछि
कति आशले लास संस्करण लिएका छन् ?

दुखको दैलो भनेकै
अङ्कगणित अनुहार रैछ
दुखको दारबार उठाउनेनै
अङ्कगणित आख्यान रैछ

पुग्यो अब
दिललाई देशलाई नपढ़ाऊ अङ्कगणित
बरु सिकाइदेऊ ज्यामिति
ताकि हामि हेर्नेछौँ
डिग्री-डिग्रीबाट कोण-कोणबाट
छाम्दै छाम्दै
अङ्कगणितको क्षेत्रफल
अनि पत्ता लगाउनेछौँ
त्यस्तो औजार
जसले
अप्रेसन गर्नेछ आत्मा र अनुहार
आम अङ्कगणितहरुको

Posted in Uncategorized | Leave a comment

A Tragic Nepali Ghazal

-©बिराट अनुपम

खोइ कस्तो बेला भो लाश बेचेर
यो देश अकेला भो लाश बेचेर
आफ्नु दिलको देउता बुद्ध हो भन्छ
कसरि पो चेला भो लाश बेचेर
लालीगुराँस भुइमा पोखिने पिडा
कैले बदलेला भो लाश बेचेर

Posted in Uncategorized | Leave a comment